प्रधानन्यायाधीशको ‘तजबिजी’ अधिकार कटौतीले पायो वैधता (पूर्णपाठ)

सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित, गोला प्रथाबाट पेसी तोक्ने बाटो खुल्यो


६ मंसिर २०७८, सोमबार
rajparta

काठमाडौं, ६ मंसिर । गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण वैठक (फूलकोर्ट) नियमावली संशोधन गर्ने निर्णय गरेको थियो । योसँगै सर्वोच्च अदालतको पेसी गोला प्रथाबाट तोक्न बाटो खुलेको छ ।

त्यही निर्णयअनुसार नियमावली संशोधन भएको हो । अब राजपत्रमा प्रकाशित नियमावली कहिलेबाट लागू हुने भन्नेबारे सर्वोच्चको फूलकोर्टले नै निर्णय गर्नुपर्छ । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि आन्दोलन गरिरहेको छ ।

सर्वोच्च अदालतको पेसी गोला प्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।

पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादका बीच फुलकोर्टले गोला प्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो । फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो ।
हेर्नुस् सूचना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७