प्रचण्डलाई ओलीको चुनौती : माओवादीको महाधिवेशन झापामा आएर गर्नुस्


७ मंसिर २०७८, मंगलवार
kp sharma oli 1

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो गृह जिल्ला झापामा आएर महाधिवेशन गर्न चुनौती दिएका छन् ।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियायामा सोधिएको प्रश्नमा ओलीले जवाफ दिँदै भने, ‘महाधिवेशन कहाँ गरौं भन्ने चिन्तामा थियौं । सिरहा गरौं त्यहाँ पनि उहाँ (प्रचण्ड) ले चुनाव लडेको ठाउँ, रोल्पा गरौं त्यहाँ पनि चुनाव लडेको ठाउँ, काठमाडौं गरौं त्यहाँ पनि चुनाव लडेको ठाउँ, कहीं त गर्न पर्‍यो भनेर चितवन गरेका हौं,’ उनले भने ।

ओलीले आफूलाई सिध्याउनलाई महाधिवेशन गरे जस्तो लाग्छ भने माओवादी केन्द्रको महाधिवेशन झापामा गर्न आह्वान गरे । ‘कुन दिन हामी उहाँ चुनाव लडेको ठाउँको बाटोमा हिँडौंला । मलाई सिध्याउन यो बाटो हिँड्यो भनेर हुन्छ ? त्यस्तै डर छ भने मेरो क्षेत्र झापमा आएर महाधिवेशन गर्नुस् ।’ उनले आफूहरुले आफ्नो पार्टीको अधिवेशन गर्न लागेको भन्दै त्यसबाट विचलित नहुन आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७