जिपछिरिङ लामाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


९ मंसिर २०७८, बिहीबार
Jipxiring lama jHleCunys1

गोरखा, ९ मंसिर । नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उनले पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विसं २०३८ देखि राजनीतिमा प्रवेश गरेका उनीसँग यसअघि काँग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ । सामाजिक सेवामा समर्पित सांसद लामा नेपाल निर्माण व्यवसायी महासङ्घको पूर्व अध्यक्ष समेत हुन् । उनी काँग्रेसले महाधिवेशनलाई सफल बनाउन गठन गरेको आर्थिक समितिको सदस्य समेत हुन् ।

सांसद लामाले गोरखा भूकम्पका बेला पीडितलाई गरेको सहयोग, जिल्लाको विकास निर्माण, धार्मिक तथा सांस्कृतिक र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण सहयोग गरेका थिए । काँग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७