नगरपालिका कार्यालयभित्रै महिला कर्मचारीमाथि बलात्कार प्रयास


१५ मंसिर २०७८, बुधबार
Rape for nayapage

बारा, १५ मंसिर । बाराको पचतौरा नगरपालिकाकी एक महिला कर्मचारीले आफूमाथि कार्यालयमै बलात्कार प्रयास भएको भन्दै प्रहरीमा उजुरी गरेकी छन् ।

२२ वर्षीया ती युवतीले पालिकाकै कर्मचारी ३२ वर्षीय सञ्जय पासवानले आफूलाई कार्यालयमै बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामाउजुरी गरेकी हुन् । पासवान नगरपालिकाको कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी हुन् । गएको बिहीबार पासवानले कार्यालयभित्रै आफूमाथि यस्तो हर्कत गरेको उनको आरोप छ ।

घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले नै दबाब दिए पनि आफूले नमानेको ती युवतीले बताएकी छन् । नगरपालिकाका जनप्रतिनिधिले विचौलियाको रुपमा आर्थिक लेनदेन गरी विवाद मिलाउन दबाब दिएको आरोप उनको छ । उजुरीमाथि अनुसन्धान सुरु गरिएको बाराका प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७