च्याम्पियन्स लिग : चेल्सीलाई पछि पार्दै युभेन्टस बन्यो समूह विजेता


२३ मंसिर २०७८, बिहीबार

काठमाडौं, २३ मंसिर । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह एचको खेलमा चेल्सी र जेइन्ट सेन्ट पिटसबर्गले ३-३ को बराबरी खेलेका छन् ।

बुधबार राति भएको खेलमा सुरुवाती अग्रता बचाउन नसक्दा चेल्सीले बराबरीमा चित्त बुझाउनुपरेको हो । अर्को खेलमा युभेन्टस तुलनात्मकरुपमा कमजोर मानिएको माल्मो एफएफ क्लबलाई १-० गोलले पराजित गर्दै समूह विजेता बनेको छ ।

युभेन्टसले ६ खेलबाट १५ अंक हात पारेको छ भने चेल्सीले समान खेलबाट १३ अंक हात पारेको छ । यी दुवै टोलीले यसअघि नै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७