विद्रोही समूह बोको हरामले अपहरण गरेका २१ छात्रा सकुशल मुक्त


२० पुष २०७८, मंगलवार
neigeriama bidhayarthi apaharan mukta

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा सेनाले बिद्रोही समुह बोको हरामले नियन्त्रणमा लिएको केही घण्टामा नै २१ विद्यार्थीको सकुशल उद्धार गरेको छ ।

नाइजेरियाको कटसीना राज्यको बकुरा क्षेत्रमा रहेको इस्लामिक विद्यालयका २१ छात्राहरुलाई हतियारधारी समूहले अपहरण गरेको थियो । त्यस लगत्तै सेनाले बोको हरामको हतियारधारी समूहको क्याम्पमा हवाई हमला गरेपछि उनीहरुले २१ छात्रालाई मुक्त गरेको हो ।

यसैबीच, नाइजेरियाको काडुना प्रान्तमा एक हतियारधारी समूहले ६ जना सर्वसाधारणको बिभत्स हत्या गरेको नाइजेरियाका अधिकारीहरुले बताएका छन् । सो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७