विरोध प्रदर्शन गरेको अभियोगमा म्यानमारका मोडललाई तीन वर्ष जेल


२२ पुष २०७८, बिहीबार
3 model jailled for protest in myanmar1641402387

काठमाडौं । म्यानमारका लोकप्रिय सेलिब्रेटीहरूमध्येका एक मोडल तथा अभिनेता पाइंग ताखोनलाई प्रदर्शनमा भाग लिएको अभियोगमा तीन वर्ष कारबास सजाय तोकिएको छ । उनले गत फ्रेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेको विरोधमा आयोजित विरोध प्रर्दशनमा सहभागिता जनाएका थिए ।

लाखौं संख्यामा प्रशंसक रहेका पाइंगले अनलाइनमार्फत पनि सैनिक सरकारविरुद्ध आवाज उठाएका थिए । पाइंगका वकिल खिन माउंग मिन्टले उनलाई कडा श्रमसहितको कारबास तोकिएको तथा उनको परिवारले सजायविरुद्ध अपील गर्ने तयारी गरिरहेको एएफपीलाई जानकारी दिएका छन् ।

२४ वर्षिय पाइंगले थुप्रै प्रदर्शन र जुलुसमा सहभागिता जनाउनुका साथै अपदस्थ नेतृ सुकीका तस्बिरहरू पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । म्यानमार सेनाले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै सत्ता कब्जा गरेको थियो । सो चुनावमा शान्तिका लागि नोवेल पुरुस्कार विजेता तथा प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले अत्यधिक बहुमत ल्याएको थियो ।

सत्ता कब्जा गर्ने क्रममा सेनाले सुचीसहित जननिर्वाचित राष्ट्रपति विन मिन्ट तथा अन्य थुप्रै वरिष्ठ नेतालाई गिरफ्तार गरेको थियो । सेनाले जनप्रदर्शनमाथि पनि दमन गर्दै आइरहेको छ । एएफपीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७