उच्च पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना


२६ पुष २०७८, सोमबार
kuhiro baglung e1609730594362

काठमाडौं । देशका केही स्थानमा आज (सोमबार) पनि बर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम प्रदेश र प्रदेश- १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान कर्णाली , सुदूरपश्चिम, वागमती, प्रदेश-२ र प्रदेश- १ मा सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो १९ डिग्रीसम्म पुग्नेछ । काठमाडौंको मौसम सफा रहनेछ । अब पानी पर्ने क्रम रोकिने र विस्तारै मौसम सफा हुँदै जाने विभागको भनाइ छ । हिमपात र वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७