सोमालियाको राजधानी मोगादिसुमा कार विष्फोट, कम्तीमा आठ जनाको मृत्यु


२९ पुष २०७८, बिहीबार
Bisfot Somalia1642005182

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुस्थित विमानस्थलतर्फ जाने सडकमा एउटा कार बम विष्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । विष्फोटमा कम्तीमा एक जना घाइते भएका छन् ।

विष्फोट जिम्मेवारी हालसम्म कसैले लिएको छैन । तर, विगतमा यस्ता घटनाहरूको जिम्मेवारी अल कायदासँग आवद्ध इस्लामिक अतिवादी अल सबाब समूहले लिने गरेको थियो ।

मोहमद ओस्मान नामक एक स्थानीयले रोयटर्सलाई बताएका छन्, ‘विष्फोट यति शक्तिशाली थियो कि घटनास्थल नजिकको मैले प्रार्थना गरिरहेको मस्जिदका भित्ता र छाना समेत क्षतिग्रस्त भए । बाहिर आएर हेर्दा वरपरका थुप्रै घर ढलिरहेको र सडकमा मानव अंगहरू छरिएको देखें । एकै मिनेटभित्र त्यहाँ थुप्रै कार र रिक्सा नराम्ररी क्षतिग्रस्त भए । तर, म भाग्यले बचें ।’ रोयटर्सबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७