फ्रान्स र इटालीद्वारा नेपाललाई १३ लाख मात्रा खोप प्रदान


१३ माघ २०७८, बिहीबार
korona khop 1 1 scaled 1

काठमाडौं । नेपाल सरकारले सञ्चालन गरेको कोभिडविरुद्धको खोप अभियानलाई सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप नेपाल आइपुगेको छ ।

काठमाडौंस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई १३ लाख मात्रा खोप हस्तान्तरण गरेको छ ।

नेपालको आवश्यकतालाई ध्यान दिँदै फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकोमा मन्त्री खतिवडाले कृतज्ञता ज्ञापन गरे । ‘यो सहयोग नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीचको मैत्रीपूणर् सम्बन्धको उदाहरण हो,’ मन्त्री खतिवडाले भने ।

राजदूत डेप्रेजले फ्रान्स र इटालीले दिएको खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक भएको बताए। ‘यसले कोभिडबिरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ उनले भने ।

फ्रान्सले छ लाख ८५ हजार ४०० र इटालीले छ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन् । यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको संख्या ५४ लाख पुगेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७