कोरोनाबाट एकै दिन १५ जनाको मृत्यु, ८,०१७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा थपिए ३,१४३ संक्रमित


१३ माघ २०७८, बिहीबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कूल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो ।
काठमाडौं उपत्यकामा थपिए ३,१४३ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३,१४३ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ८६३ पुगेको छ ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख २२ हजार ८३८ जना पुगेको छ ।

संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ । देशभर आज ८८ हजार ६४२ जना होम आइसोलेसनमा र १,९३४ जना संस्थागत आइसोलेसनमा, २५७ जना आईसीयूमा र ४९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७