माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण


१३ माघ २०७८, बिहीबार
FB IMG 1643263931804 Qg62XjMfBN

महोत्तरी । नेकपा माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् । यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७