थप २३ लाख ४० हजार डोज मोर्डना खोप आउँदै


१७ माघ २०७८, सोमबार
moderna covid 19 vaccine

काठमाडौं । सरकारले सोमबार र मंगलबार कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मोर्डना खोप ल्याउने भएको छ । विश्व बैंकको सहुलीयत ऋण सहयोगमा कोभ्याक्समार्फत खोप खरिद गर्न लागिएको हो ।

सोमबार र भोलि मंगलबार खोप आउन लागेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । ४० लाख मात्रा खोप १६ लाख ६० हजार डोज गत १० माघमै नेपाल आइसकेको छ । सरकारले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्ने छ ।

नेपालमा हाल कोरोनाविरुद्ध कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसज, फाइजर र मोर्डना खोप उपयोगमा आएको छ । सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्ररुपमा अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७