५,२९२ जनामा कोरोना संक्रमण, आठको मृत्यु


१७ माघ २०७८, सोमबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस अवधिमा आठ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३,४७२ जना र ५,७२० जनाको एन्टीजेन परीक्षण गर्दा १,८२० जना गरी कुल ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७