१२ वर्षमाथिका बालबालिकालाई खोप लगाउन आग्रह


१८ माघ २०७८, मंगलवार
khop balbalika 1

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका छन् ।

विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकरणको पहल गरिदिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७