सैनिक अस्पतालले माग्यो मेडिकल अधिकृतसहितका ६८ जनशक्ति, ५० जना नर्स मात्रै


१८ माघ २०७८, मंगलवार
Birendra sainik Hospital YqMNjhi3GN

काठमाडौं । नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।

जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउने छन् ।

त्यस्तै, १० जना बिएन र बिएस्सी नर्स माग गरिएको छ । बिएनरबिएस्सी नर्सिङ उत्तीणर् गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्ने छन् । एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७