सहायक प्रजिअलाई कोरोना पुष्टि भएपछि सीडीओ कार्यालय बन्द


१८ माघ २०७८, मंगलवार
Humla simikot airport 5OwzmZIr1H

हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक साताका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै कार्यालयले एक साताका लागि सम्पूर्ण प्रशासनिक काम बन्द गरिएको जानकारी दिएको हो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि संक्रमण न्युनीकरणका लागि प्रशासनिक काम बन्द गरिएको हो । यस अवधिमा नागरिकतालगायत कुनै पनि सेवा प्रदान नगरिने कार्यालयले जनाएको छ । प्रशासनमा सेवाग्राहीको भीडभाड बढी हुनुका साथै सङ्क्रमण थप फैलन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह गर्दै एक साताका लागि कार्यालय बन्द गरिएको सूचनामा उल्लेख छ ।

सहायक प्रजिअ राईमा कोरोना पुष्टि भएपछि उनी होमआइसोलोशनमा बसेका छन् । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । कोरोनाको तेस्रो लहर हुम्लामा पहिलोपटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ र एक मालपोत कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो ।

यसअघिका सङ्क्रमित निको भएर सबै घर गइसकेका छन् । हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमित संख्या १० पुगेको छ । प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७