भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६१ हजार जनामा कोरोना संक्रमण, १,७३३ को मृत्यु


१९ माघ २०७८, बुधबार
korona india 1

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख ६१ हजार ३८६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २ लाख ८१ हजार १०९ जना संक्रमणमुक्त भएका छन् । सोहि अवधिमा थप १,७३३ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै जाँदा मृत्यु हुनेको संख्या भने झनै बढेको छ । अघिल्लो दिन भारतमा एक लाख ६७ हजार ५९ जना संक्रमित थपिँदा २ लाख ५४ हजार ७६ जना संक्रमणमुक्त भएका थिए । साथै ११ सय ९२ जनाको मृत्यु भएको थियो ।
पछिल्लो तथ्यांक अनुसार अहिले भारतमा १६ लाख २१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७