१३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


१३ चैत्र २०७८, आईतवार
Rape for nayapage

झापा । आफैले पढाउने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापाबाट एक शिक्षकलाई पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका- १० निवासी ५० वर्षीय श्रीप्रसाद शिवाकोटी (सन्दीप) पक्राउ परेका हुन् । शिवाकोटी हल्दिबारी गाउँपालिका-१ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीका शिक्षक हुन् ।

उनले सोही विद्यालयमा अध्ययनरत १३ वर्षीया एक छात्रालाई शुक्रबार दिउँसो परीक्षा सकेर घर जाँदै गर्दा बाटोमा यौनजन्य दुर्व्यवहार गरेको आरोप छ ।

आफूलाई शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । घटना सुनेर आक्रोशित अभिभावक र स्थानीयले विद्यालयमा पुगेर विरोध जनाएका छन् । त्यसक्रममा आक्रोशित भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका छन् ।

प्रहरीले शिक्षक शिवाकोटीलाई घरबाटै पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७