गोठालो गएकी १२ वर्षीया बालिका ५२ वर्षीय पुरुषबाट बलात्कृत


१४ चैत्र २०७८, सोमबार
Rape
सांकेतिक तस्वीर

काठमाडौं । एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई पक्राउ गरिएको हो ।

कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बाख्रा चराएर घर फर्कने क्रममा बालिकाले आफू बलात्कृत भएको जानकारी अभिभावकलाई गराएपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका पुरुषविरुद्ध बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७