काठमाडौं-मुम्बई उडान पुनः सुरु


१४ चैत्र २०७८, सोमबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड-१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो ।

साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड-१९ पछि नेपाल-भारतबीच एयर बबल सम्झौता
अनुसार उडान तथा अवतरण हुँदै आएको थियो ।

भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७