ट्युसन पढ्न बोलाएकै साथीहरुबाट कविताको हत्या आशंका : दाजु-बहिनी पक्राउ


२२ चैत्र २०७८, मंगलवार
kabita


उदयपुर । उदयपुरको बेलका नगरपालिका-३ स्थित जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कवितासँग एकै कक्षामा अध्ययनरत छात्रा साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय एक युवक छन् । पक्राउ परेका साथीका दाजु भने अर्को विद्यालयमा अध्ययनरत छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा उनीहरूको संलग्नता पाइएको प्रहरीले जनाएको छ । कविता रामपुरस्थित कोशी जनता माध्यमिक विद्यालयको कक्षा-१० मा अध्ययनरत थिइन् । कवितालाई ‘कोचिङ’ कक्षा जाऊँ भन्दै उनकै साथी घरमा बोलाउन आएकी थिइन् । प्रहरीले बोलाउन आएकी साथी र उनका दाजुलाई पक्राउ गरेको हो ।

विद्यालय जान हिँडेकी कविता यशोदा खोलामा मृत भेटिएकी थिइन् । उनको शव गाउँलेले देखेका थिए । प्रदेश नम्बर-१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले दुईजना पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७