‘फ्रि फायर’ खेल्ने क्रममा चिनजान, १३ वर्षीया बालिकालाई पाल्पाबाट काठमाडौं ल्याएर बलात्कार


७ बैशाख २०७९, बुधबार
Rape
सांकेतिक तस्वीर

काठमाडौं । अलाइन गेम ‘फ्रि फायर’ खेल्नेक्रममा चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौको मातातीर्थबाट एक २७ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बस्ने २७ वर्षका महेश उदासलाई बालिकाको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यलय पाल्पामा आफ्नी १३ वर्षकी छोरी हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए ।

प्रहरी परिसर काठमाडौं र मातहतका वृत्त तथा प्रभागबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ घर भएका उदासलाई सोही ठाउँबाट पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बालिकाले उदाससँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्दै आएकी थिइन् ।

त्यही क्रममा बालिका र युवकबीच फोन र फेसबुक म्यासेञ्जरमा कुराकानी, भिडियो कल हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । युवकले बालिकालाई विवाहको आश्वासन दिएर गएको चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा काठमाडौं ल्याई चैत ३० गते बसुन्धराको एक होटलमा राखेर बलात्कार गरेका प्रहरीले जनाएको छ ।

बालिकालाई लिन उनी मोटरसाइकल लिएर पाल्पा पुगेका थिए । बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको छ । ‘पक्राउ परेका युवकलाई १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी मैनालीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७