रुकुम पश्चिमको मुसीकोटमा कांग्रेस विजयी


६ जेष्ठ २०७९, शुक्रबार
mahendra kc1 N4m4d33gow

रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका महेन्द्र केसी ६,९१४ मतसहित विजयी भएका हुन् । केसीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६,९१ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुन मगर ६,१४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले थलबहादुर ओलीले ५,९८५ मत ल्याएका छन् ।

मुसिकोटामाम एमाले-कांग्रेस भर्सेस माओवादी-समाजवादीको गठबन्धन थियो । एमाले-कांग्रेस गठबन्धनबाट प्रमुखमा केसी र माओवादी-समाजवादी गठबन्धनबाट उपप्रमुखमा पुन निर्वाचित भएका हुन् । १४ वडा रहेको मुसीकोटका ८ वडा माओवादीले जित्दा ६ वडा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७