बाढी पहिराेले ७५ घरमा क्षति


३ असार २०७९, शुक्रबार
TA Baleba 20200919 1118542 1
फाइल फोटो

धादिङ । तीन दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी पहिरोबाट धादिङको त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् । गङ्गाजमुना -६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गए रातिदेखि घर छाडेर अन्यत्र गएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना -६ बुढाथुममा १४, गङ्गाजमुना -५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घर विस्थापित जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् । गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको संख्या धेरै रहेको जानकारी दिए ।

कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताए । शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निणर्य गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७