तमोर र काबेली नदीमा जल सतहले सतर्कता तह पार गर्‍यो, सचेत रहन आग्रह


३ असार २०७९, शुक्रबार
Tamor flood zksufP4Qg1

ताप्लेजुङ । लगातारको मनसुनका कारण देशभरका नदीनालामा जल सतह ह्वातै बढेको छ । केहि दिनदेखिको लगातारको बर्षाका कारण पूर्वी नेपालका नदीनालामा जल सतह बढेको छ ।

पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाई सकिएको विभागले जनाएको छ । उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क रहन पनि विभागले आग्रह गरेको छ ।

यस्तै ताप्लेजुङ्गको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ । बहाव बढ्दो क्रममा रहेकाले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७