‘करोडौ लगानी भइसकेको नागरिकता विधेयकबाट सरकार किन पछि हट्यो ?’


२३ असार २०७९, बिहीबार
Khimlal Bhattrai

काठमाडौँ । राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

आज (बिहीबार) राष्ट्रिय सभा वैठकमा बोल्दै सांसद भट्टराईले विधेयकमाथि छलफलका क्रममा करोडौंको लगानी भइसकेकाले विधेयक फिर्ता गर्न नहुने धारणा राखेका छन् । राष्ट्रियसभाका मुख्य सचेतक समेत रहेका भट्टराईले दुई वर्षभन्दा लामो समयको छलफल समेत अर्थहीन बनेको बताए ।

उनले नागरिकता विधेयकबाट सरकार किन पछि हटेको भन्दै प्रश्न गरे । उनले नागरिकता विधेयक फिर्ता गर्नुको कारण गृहमन्त्रीको जवाफ माग गरे । दुई वर्षसम्म करोडौंको लगानी गरेर विधेयकमाथि छलफल भएको र अहिले हचुवाको भरमा विधेयक फिर्ता गर्न लागेको भन्दै आपत्ति जनाए ।

उनले भने,’ विधेयकमाथि छलफलमा करोडौंको लगानी भइसकेको छ । यही सदनबाट पास हुन्छ भन्ने लाग्य थियो । हामीले हिजोको दिनमा सत्तापक्षबाट पनि यो कुरा उठाएका थियौं। प्रतिपक्षबाट पनि उठेको हो । गम्भीरतापूर्वक नागरिकताको विषय उठाएका थियौं, तर अहिले विधेयक फिर्ता हुँदैछ ।’

उनले जन्मसिद्ध नागरिकका छोराछोरीहरुले नागरिकता नपाउने मधेशमा ठूलो समस्या रहेको बताए । सरकारले आजको प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिने लिने भएको छ । दुई वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक मन्त्रिपरिषद्को बैठकले फिर्ता लिने निणर्य गरेपछि आज फिर्ता हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७