अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाइयोस् : देव गुरुङ


२३ असार २०७९, बिहीबार
dev Gurung

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ( एसपीपी) सम्झौता रद्दबारे परराष्ट्र मन्त्रालयबाट हालसम्म पत्रचार नभएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) को प्रतिनिधि सभामा बोल्दै गुरुङले एसपीपी अस्वीकारबारे मन्त्रालयले अबिलम्ब पत्रचार गर्न माग गरे ।

उनले नेपाल आइपीएसको मेम्बर २०१९ देखि बनिसकेको भन्ने कुरा सञ्चारमाध्यममा सार्वजनिक भइसकेको र सोबारेमा नेपाल सदस्य बन्न नसक्नेबारे पत्रचार गर्न पनि माग गरे । यस्तै, सचेतक गुरुङले एमसीसी पास गर्ने सम्बन्धमा १२ बुँदै घोषणापत्र जारी भएको र त्यो अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको बताए ।

अमेरिकाले एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा पनि सरकारले पत्रचार गर्नुपर्ने उनको माग छ । उनले एमसीसीबारे १२ बुँदै घोषणापत्र स्वीकार गरेको अवस्थामा पारित हुने स्वीकार नभएमा कार्यान्वयन प्रक्रिया नै रोकिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७