माओवादी वरिष्ठ उपाध्यक्षमा नारायणकाजी ‘निश्चित’


२३ असार २०७९, बिहीबार
prachanda and narayankaji

काठमाडौँ । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने निश्चित जस्तो देखिएको छ । आज जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गरेका हुन् ।

आजको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपश्चात प्रचण्डले पदाधिकारीबारे बोलेका थिए । उनले गृहकार्य नपुगेको भन्दै पदाधिकारी टिमको घोषणा गर्न केही दिन समय मागे । तर वरिष्ठ उपाध्यक्षणमा नारायणकाजीको नाम लिएका थिए ।

प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यामा त नारायणकाजीको बिकल्प को छ र ? खगराजजीले पढ्नु हुन्छ, मात्रिकाजीले विरोध गरिहाल्नु हुन्छ ।’ उनले सबैको अनुहार उज्यालो हुने गरी आफूले पदाधिकारी टिम घोषणा गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७