भक्तपुरमा मिनी ट्रकले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु


२४ असार २०७९, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

भक्तपुर । भक्तपुरमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ । चाँगुनारायणमा हिजो बेलुका बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर ठोक्किँदा सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो । प्रहरीका अनुसार स्कुटरले उछिन्ने क्रममा दुर्घटना भएको हो । मिनी ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७