हिमाली जिल्ला हुम्लाको थाली गाउँ झिलीमिली


२४ असार २०७९, शुक्रबार
bijuli
फाइल फोटो

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका-२ का घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । सोलार प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका वडा नं २ थाली गाउँवासीको झन्झट पनि हटेको छ । यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ -२ घरमा एकै पटक पाँच बत्ती बल्ने सोलार जडान भएका छन् ।

सोलार बत्ती बलेपछि अब स्थानीयलाई दियालो टिप्न जङ्गल जानुपर्ने बाध्यता पनि हटेको स्थानीयले जनाएका छन् । गाउँपालिका अध्यक्ष कणर्बहादुर रावलका अनुसार वडाका २५० घरधुरीका लागि प्रत्येक घरमा एक सय एम्पियरको ब्याट्री र १०० वाटका प्यानल जडान गरी बत्ती बाल्ने सम्पन्न भएको जानकारी दिए ।

उक्त सोलार प्यानल गाउँपालिकाको समन्वय र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको हो । सोलार प्यानल, ब्याट्री खदिरदेखि ढुवानी र जडान कार्य पनि सम्पूणर्रुपमा निःशुल्क गरिएको बताइएको हो । वडा नं २ मा आठभन्दा बढी बस्ती छन् । यस्तै खार्पुनाथ -४ स्थित सीता माध्यामिक विद्यालयमा पनि १० किलोवाटको सोलार प्यानल जडान गरी सञ्चालनमा ल्याइएको छ ।

यसपछि विद्यालयको कक्षामा प्रविधिको प्रयोग गरेर पठनपाठन गर्न सहज भएको छ । यसका लागि प्रदेश सरकारले रु साढे दुई करोड बजेट खर्च गरेको छ । स्थानीय बासिन्दाले गत कात्तिकमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गाउँमा पहिराले क्षति पुर्‍याएको अवलोकन गर्न आउँदा बत्तीको व्यवस्था गर्न माग गरेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७