अब यौन हिंसासम्बन्धी उजुरी तीन वर्षसम्ममा दिन पाइने


२४ असार २०७९, शुक्रबार
Parliment house samsad bhawans

काठमाडौँ । संसदीय समितिले यौनहिंसामा परेकाहरुले तीन वर्षभित्र उजुरी गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले यस्तो निणर्य गरेको हो ।

यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि समितिले यस्तो निणर्य गरेको हो । सर्वसम्मत तरिकाले निणर्य भएको थियो ।

यसअघि एक वर्ष मात्रै उजुरीको म्याद थियो । अब थप दुई वर्ष थपिएको समितिले जनाएको छ । बालिगले दुई वर्षभित्र उजुरी गर्न सकिने तर बालबालिका, अशक्त, मानसिक अवस्था कमजोर भएकाहरुले तीन वर्षमित्र उजुरी गर्न सकिने व्यवस्थ गरिएको छ । सो प्रस्ताव आजै बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुँदैछ ।

यसअघि बलात्कारका घटनामा एक बर्षे हदम्याद हटाउनु पर्ने भन्दै महिला अधिकारकर्मीहरुले आन्दोलन नै गरेका थिए । त्यस्तै बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने सहमति भएको छ । बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षसम्म उजुरी गर्न सक्ने व्यवस्था बिधेयकमा राखिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७