जनार्दन शर्मामाथि मंगलबारदेखि मात्रै छानबिन


२४ असार २०७९, शुक्रबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौँ । अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मामाथि मंगलबारदेखि मात्र छानबिन गरिने भएको छ । बजेट बनाउँदा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट छानविन थाल्ने भएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा एमालेका ४ सांसद, २-२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १-१ सांसद सदस्य छन् ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले राखेको सहजीकरण बैठकमा छानबिन समितिले मंगलबारबाट काम सुरु गर्न सहमति जनाएका हुन् । अर्थमन्त्री शर्मामाथि छानवीनको रिपोर्ट बुझाउन १० दिनको समय दिइएको छ ।

‘शर्मामाथि छानबिनका लागि गठित समितिले मंगलबार काम शुरु गर्ने निणर्य गरेको छ,’ समितिका एक सदस्यले भने, ‘संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई सदस्य सचिव तोकेर काम अघि बढाइएको छ ।’ सचिवालयले काम शुरु गरेपछि शर्मामाथिको छानबिन अघि बढेको छ । बिहीबार नै समितिले काम थाल्ने तयारी भए पनि एक दिन ढिला भएको हो । सभामुख सापकोटाले आज (शुक्रबार) सहजीकरण बैठक बोलाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७