निर्वाचनपछि अहिलेकाे गठबन्धनकै सरकारमा बने मान्छे कुट्दै हिंड्छन् : ओली


४ भाद्र २०७९, शनिबार
KP Sharma Oli

झापा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको टिप्प्णी गरेका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनपछि एमालेको सरकार नबने देश झन बर्बादीतिर जाने उनले दावी गरे ।

आज (शनिबार) झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको जिकिर गरे । निर्वाचनपछि पनि अहिले सरकारमा भएका दलहरूकै सरकार बने ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उनको भनाइ छ । विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७