एमालेका ६ मुख्यमन्त्री : कोही संघमा आउने, कोही सिफारिसमै परेनन्


१९ भाद्र २०७९, आईतवार
UML Pradesh Neta1661521208

काठमाडौं । नेकपा एमालेबाट मुख्यमन्त्री भएका कोही संघीय संसदमा आउने तयारीमा छन् भने कोही कहीँकतै उम्मेदवारका लागि सिफारिसमै परेनन् ।

बागमन्ती प्रदेशको मुख्यमन्त्री बनेका डोरमणि पौडेल यस पटक कतैबाट पनि चुनाव नउठ्ने देखिएको छ । बागमतीकै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रका लागि सिफारिसमा परेकी छैनन् ।

यसैगरी प्रदेश १ को मुख्यमन्त्री बनेका शेरधन राई र भीम आचार्य पनि चुनावमा उठ्ने नउठ्ने केही टुंगो नलाग्दा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेल संघीय संसदमा आउने तयारीमा छन् ।

एमाले महासचिवसमेत रहेका उनी दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । दाङ- २ नम्बर क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा पोखरेलको एकल नाम सिफारिस गरेको हो ।

यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशमै रहने तयारी गरेका छन् । उनको नाममा लमजुङ प्रदेश ‘ख’ का लागि सिफारिस भएको छ । यसअघि पनि गुरुङ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७