गृहमन्त्री खाँण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस


१९ भाद्र २०७९, आईतवार
balkrishna khad

भैरहवा । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाँण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३ बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाँण रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७