सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता


२७ भाद्र २०७९, सोमबार
meter byaji

काठमाडौं । गृह मन्त्रालयले अहिलेसम्म सात जना मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ ।
यही भदौ ७ देखि २६ गतेसम्ममा सात जना मिटरब्याजीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भइरहेको मन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालले जानकारी दिएका छन् ।

सहसचिव भुसालका अनुसार यही अवधिमा ५९ जना मिटरब्याज पीडित मिटरब्याजीबाट मुक्त भएका छन् । आज (सोमबार) मात्रै कीर्तिपुरदेखि माइतीघर मण्डलासम्म मार्चपास गर्न लागेका पीडितमाथि प्रहरीले हस्तक्षेप गरेका छ ।

त्यसक्रममा तीन जना घाइते भएका छन् भने आन्दोलनकारी सबैलाई हिरासतमा लिइएको छ । आफ्नो माग सुनुवाइमा सरकारले चासो नदिएको, सुनुवाई नगरेको र पीडितलाई न्याय दिलाउन कुनै कदम नचालेको पीडित किसानको गुनासो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७