मंसिर ४ पछि हेर्नुहोला, गठबन्धनका नेताले टोपी निकालेर गालामा हात राख्छन् : ओली

‘गठबन्धनका पार्टी बुढा हुन्, एमाले युवा पार्टी हो’


७ आश्विन २०७९, शुक्रबार
KP Oli1663939926

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा भएका पार्टी बुढा र एमाले भने युवा पार्टी भएको दाबी गरेका छन् ।

आज (शुक्रबार) युवा संघको कार्यक्रममा उनले नेकपा (एकीकृत समाजवादी) प्रति लक्षित गर्दै उनले एक वर्षअघि बनेको भए पनि बुढो पार्टी भएको टिप्पणी गरे ।

‘गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भए पनि आयु अनुसारका बुढा पार्टी हुन् । कसको आयु कति भन्ने कुरा बेग्लै हुन्छ । एमाले युवा पार्टी हो । पोहोर भदौतिर बनेको भए पनि कुनै कुनै पार्टी बुढो पार्टी हो’, ओलीले भने, ‘मंसिर ४ पछि हेर्नुहोला । टोपी निकालेर गालामा हात हुनेछ ।’

उनले एमालेसँग लड्नका लागि गठबन्धन बनाएर मात्रै आउनुपर्ने अवस्था रहेको बताए । उनले स्वतन्त्रहरूको समय क्षणिक भएको समेत दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७