पानी तान्ने मोर्टरबाट करेन्ट लाग्दा एक जनाको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार
current

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोर्टरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका लागि पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७