सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक बस्दै


१७ आश्विन २०७९, सोमबार
Satta Gathbandhan Push 19 1024x463 1

काठमाडौं । सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक (सोमबार) पनि बस्ने भएको छ । लामो समयदेखि सिट बाँडबाटबारे छलफल गरिरहेको भए पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।

सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७