लमजुङमा सत्ता गठबन्धनका देव गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङको उम्मेदवारी


२३ आश्विन २०७९, आईतवार
Dev Gurung Prithibi subba

लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको छ भने प्रदेश सभातर्फ प्रदेश क र ख क्षेत्रमा कांग्रेसका उम्मेदवारले टिकट पाएका छन् ।

गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेले भने प्रदेश सभा (क) मा संविधान सभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा (ख) मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७