माओवादीका बागी उम्मेदवार ढुंगाना भन्छन्, ‘पार्टी जनभावना अनुसार चलेन’


२५ आश्विन २०७९, मंगलवार
IMG 20221010 WA0033.jpg

महोत्तरी । पार्टीले जनताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले वताएका छन् । यो ५ वर्षको अवधीमा मधेशमा जनतालाई सरकारको समेत महसुस नभएको बताउँदै ढुंगानाले सरकारको अनुभूत गराउन पनि आफ्नो उम्मेदवारी रहेको दावी छ ।

आफूले जिते प्रदेश ससंदको हैसियतले जनताको समस्याको पोकोलाई सम्वोधन गर्ने तथा जनताको मनोभावनाअनुसार कुनै पनि राजनीतिक दलले अहिलेसम्म उम्मेदवारी नबनाएको बताउँदै स्वतन्त्रको भूमिकाबाट आफ्नो कलाकारिता देखाउने नेता ढुंगानाको भनाइ छ । उनले माओवादीले समेत जनभावना अनुसार काम गर्न नसके पछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन् । सत्ता गठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल बनेका छन् । गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र न.१ क मा काङ्ग्रेसले पाउने निर्णय गरेता पनि प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसबाट सुरेश राउत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७