करेन्ट लागेर दुई मजदुरको मृत्यु


२५ आश्विन २०७९, मंगलवार
current

वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर दुई मजदुरको ज्यान गएको छ । पर्साको धोबिनी गाँउपालिका– ३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका– ९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो ।

वीरगञ्ज–२६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु भएको हो ।

यस्तै वीरगञ्ज–८ बसपार्कस्थित स्थानीय सत्रुधन सर्राफको घरको छाना सरसफाइ गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । घाइते साहलाई उपचारका लागि आशाराम अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७