कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु


८ कार्तिक २०७९, मंगलवार
current

कैलाली । कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७