राष्ट्रपतिमा पराजित बोल्सोनारोको समर्थनमा प्रदर्शन, ट्रक तेर्स्याएर राजमार्ग अवरुद्ध


१६ कार्तिक २०७९, बुधबार
unnamed

रियो दि जेनेरियो । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा ट्रक चालक र अन्य प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध गरेका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा पराजय चाखेका बोल्सोनारोको समर्थकहरुले लगातार दोस्रो दिन मंगलबार राजमार्ग अवरुद्ध गरेका हुन् । निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा विजयी भएका छन् । अर्कोतर्फ बोल्सोनारोले आफ्नो पराजय स्वीकार गरेका छैनन् ।

ब्राजिलका २७ राज्यमध्ये २३ राज्यमा २५० भन्दा बढी अवरोध खडा गरिएका संघीय राजमार्ग प्रहरी (पीआरएफ)ले जनाएको छ । सोमबार राति प्रदर्शनकारीले देशको मुख्य अन्तर्राष्ट्रिय हव साओ पाउलोको गुआरुलहोस विमानस्थलबाहिरको सडक अवरोध गर्दा उडानहरू रद्द भएका थिए ।

त्यसपछि यी प्रदर्शन तितरवितर भएका छन् । रियो दि जेनेरियोलगायतका प्रमुख सहर जाने मार्ग पनि अवरोध भएका थिए । ‘साओ पाउलोको एउटा पुलमा ‘लुला चाहिँदैन’ लेखेको व्यानर टाँसिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७