कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा


१९ कार्तिक २०७९, शनिबार
ramesh lekhak bina magar np saud

कञ्चनपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीन वटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की नेत्री बीना मगर चुनावी मैदानमा छिन् । विसं २०७४ को निर्वाचनमा भारी मतले विजयी भएकी उनी यस पटक अघिल्लो जीतलाई निरन्तरता दिने दाउमा छिन् ।
विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको समर्थनमा छ भने त्यो निर्वाचनका सारथी नेकपा (एमाले) का तर्फबाट तारा लामा तामाङ अहिले उनको प्रतिस्पर्धी छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित उनको दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ । धामी जीतलाई निरन्तरता दिने रणनीतिमा छन् भने साउद हारको बदला लिने पक्षमा यस पटक देखिएका छन् ।

विसं २०७४ को निर्वाचनमा धामीको समर्थनमा रहेको माओवादी यस पटक साउदको समर्थनमा छ । यसपटक माओवादीको समर्थनमा हारको बदला दिने दाउमा साउद छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा (एमाले) नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो पटक एमालेका नेता डा. दीपकप्रकाश भट्टसित थोरै मतले पराजित भएका लेखक यस पटक सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । उनका प्रतिस्पर्धी पाललाई यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७