एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल


१९ कार्तिक २०७९, शनिबार
Bishnu poudel scaled
फाइल फोटो

बुटबल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।
बुटवलमा मदन भण्डारी स्पोटर्स एकेडेमीले आज (शनिबार) आयोजना गरेको खेलाडी प्रशिक्षकको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले फराकिलो मतान्तरले एक्ले बहुमत ल्याउने दाबी गरे ।

उपाध्यक्ष पौडेलले एमाले एक्लैले निर्वाचनमा बहुमत ल्याउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासगँ पनि सहकार्य गरेकाले यो सहकार्यलाई निरन्तरता दिने बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले खेल क्षेत्रको विकासको लागी राष्ट्रले गर्ने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताए । खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताउदै खेल क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको उनले बताए ।

पौडेलले उर्जाशील जीवन विताएका खेलाडीको सम्मानित पूर्वक बाच्नको लागि हामीले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि उचित प्रबन्ध मिलाउने बताउने बताए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७