टिपरले चुडालेको बिजुलीको तार खसेर करेन्ट लाग्दा एक जनाको गयो ज्यान


२१ कार्तिक २०७९, सोमबार
current

वीरगञ्ज । वीरगञ्जमा टिपरले चुडालेको बिजुलीको तार खसेर करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । करेन्ट लागेर अर्का एक घाइते भएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेमा पर्साकै बहुदरमाई नगरपालिका –४ बहुअरी पिडारी घर भएका ४५ वर्षीय नागेन्द्रप्रसाद यादव रहेका छन् । करेन्ट लागेर घाइते भएका वीरगञ्ज ममहानगरपालिका ३२ चोर्नीका १९ वर्षीय सिकेन्द्र प्रसाद यादवको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार , सोमबार बिहान १० बजेतिर वीरगन्ज २२ ड्राइपोट्र–परवानिपुर सडकखण्डस्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिपरले माटो खसालेर व्याक गर्ने क्रममा विद्युतको तार चुडिएर ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा खसेको थियो । त्यस क्रममा करेन्ट लागेर मोटरसाइकल चालक नागेन्द्र र त्यसमा सवार सिकेन्द्र घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा नागेन्द्रको बाटोमा नै मृत्यु भएको हो । टिपरका चालक फरार भएकाले उनको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७