फिर्मिन्होलाई बाहिर राख्दै ब्राजिलको टोली घोषणा


२२ कार्तिक २०७९, मंगलवार
Brazil world cup 2022 team

काठमाडौं । स्टार अट्याकर रोबर्टाे फिमिन्होलाई बाहिर राख्दै ब्राजिलले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि टोली घोषणा गरेको छ ।

ब्राजिलले विश्वकपका लागि नौं स्ट्राइकरलाई टोलीमा समावेश गर्दा फिर्मिन्होले स्थान बनाउन सकेनन् । फिर्मिन्हो बाहिर रहँदा ३९ वर्षीय भेट्रन खेलाडी डानी अल्भेसले स्थान बनाएका छन् । यसैगरी गाब्रियल जिसस र गाब्रियल मार्टिनेली समेत टोलीमा छन् । यस्तै, चोटबाट फर्किएका रिचार्लीसन र पेड्रोलाई अन्तिम समयमा बोलाइएको छ ।

पेरिस सेन्ड जर्मेन पिएसजीका ३० वर्षीय स्ट्राइकर नेयमारले ब्राजेलियन टोलीको नेतृत्व गर्नेछन् । पाँच पटकको च्याम्पियन ब्राजिल २० वर्षपछि उपाधि जित्ने योजनामा छ । विश्वकप २० नोभेम्बर २० बाट सुुरु हुँदैछ । ब्राजिलले २५ नोभेम्बरमा सर्वियासँग खेल्दै सुरुआत गर्नेछ ।

ब्राजिल टोली

Capture 1

गोलरक्षक– एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मेइरास) ।
डिफेन्डर– ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा चेल्सी), मार्किन्हस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस) ।
मिडफिल्डर– क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड०), ब्रुनो गुइमरेस (न्युकासल युनाइटेड) र एभर्टन रिबिइरो (फ्लामेंगो) ।

स्ट्राइकर– नेयमार (पिएसज), रिचार्लीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस (आर्सनल), ग्याब्रिएल मार्टिनेली (आर्सनल) ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७