कसले चोर्‍यो दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिको नोबेल शान्ति पुरस्कार ?


२६ कार्तिक २०७९, शनिबार
ac83a88147352e73

केप टाउन । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्ल्यू डे क्लर्कको नोबेल शान्ति पुरस्कारको पदक अप्रिलमा उनको घरबाट चोरी भएको उनको फाउन्डेसनले पुष्टि गरेको छ ।

स्थानीय सञ्चार माध्यममा आएको विवरणअनुसार उनको केप टाउनको घरमा लुटपाटको क्रममा पुरस्कार पनि चोरी भएको जनाइएको छ । सन् १९९३ मा नेल्सन मण्डेलासँगै रंगभेदको अन्त्यका लागि गरेको प्रयासका लागि डे क्लर्कले पुरस्कार प्राप्त गरेका थिए ।

दक्षिण अफ्रिकी सञ्चारमाध्यमका अनुसार प्रहरीले कुनै पनि पदक बरामद गरेको छैन । स्थानीय समाचार वेबसाइट न्यूज २४ सँग कुरा गर्दै डे क्लर्ककी विधवा एलिटाले भनिन् विदेश यात्राबाट घर फर्किदा पदकसहित बहुमूल्य सामग्री चोरी भएका थिए ।
‘मैले यस वर्षको अप्रिलमा हामी लुटिएको थाहा पाएँ । ५ अप्रिलमा म सेफमा गएँ र त्यहाँ खुला थियो । म चौथो दिन विदेश यात्राबाट फर्किएकी थिए । त्यसैले मलाई मितिहरू याद छ’, उनले भनिन् ।

‘मेरो धेरै गहनाहरू चोरिएका थिए । चोरिएका गहनाको मूल्य निर्धारण गर्न गाह्रो छ । तिनीहरुलाई पछिल्लो ५० वर्षको अवधिमा मलाई विभिन्न अवसरमा प्रदान गरिएको थियो’, उनले अगाडि भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७